दक्षिण कोरियामा एकै दिन ९ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि
बिहीबार, १६ असार २०७९, १२ : ५७
दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ९ हजार ५९५ नयाँ कोभिड १९ का सङ्क्रमित फेला पारेका छन् । यो सँगै सङ्क्रमितको कुल सङ्ख्या १ करोेड ८३ लाख ५९ हजार ३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिन १० हजार ४६३ बाट घटेको बताइएको छ । तर कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार यो एक हप्ता अघिको ७ हजार ४९३ भन्दा बढी थियो ।
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा पाँचले कम भएर ५४ पुगेको छ ।
थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ जसबाट मृत्यु हुनेको सङ्ख्या २४ हजार ५४७ पुगेको छ। कुल मृत्यु दर ०.१३ प्रतिशत देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण