राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक-२०७९ माथिको दफाबार छलफल र पारित गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक -२०७९ माथिको दफाबार छलफल र पारित गरियोस् तथा ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक-२०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।
त्यस्तै बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफाबार छलफल र पारित गरियोस्, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) २०७९ माथि सदनमा दफाबार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक -२०७९ माथि सदनमा दफाबार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण