त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ ।२००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज सङ्ख्यासमेत बर्सेनि थपिँदै गएपछि आगामी आर्थिक वर्ष २०७९/८० बाट नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गरिने भएको छ ।
विमानस्थल पूर्वाधार विस्तार गुरुयोजना (सन् २०१०–२०२८) अन्तर्गत विमानस्थलको क्षमता अभिवृद्वि गर्न नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिने नयाँ टर्मिनल भवन निर्माण कार्य सुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अन्तर्राष्ट्रिय हवाई सङ्गठन (आईसीएओ) को मापदण्डअनुसारका हवाई यातायात सुविधाको भौतिक सुधारअन्तर्गत निर्माण गरिने नयाँ टर्मिनल भवनले करिब एक लाख वर्गमिटर क्षेत्रफल ओगट्नेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण