गुल्मीमा आफ्नै जेठाजुद्वारा भाइबुहारी बलात्कृत
शनिबार, १८ असार २०७९, ०८ : ३८
गुल्मीमा भाइबुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका-६ निवासी ३५ वर्षीय अधर्मी (नाम परिवर्तन) आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।
असार १४ गते दिउँसो सोही वडाको किटानी भन्ने स्थानको गोठमा भाइ बुहारी बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।
यादवका अनुसार ती महिलाका श्रीमान् रोजगारीका सिलसिलामा देश बाहिर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै
-
एआईयुक्त क्यामरा भएको ईयरबड्स ल्याउँदै मेटा
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे
-
म्याथ्यू हेडेन भन्छन्- ‘आईपीएलमा धोनीले खेलाडीको भूमिकामा अन्तिम खेल खेले’
-
सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, सडकदेखि सदनसम्म मोर्चाबन्दी गरिने
-
सुर्खेतको कटकुवामा मिनिबस दुर्घटना : दुई जनाको मृत्यु