निर्यातमा आधा हिस्सा ओगट्ने वस्तुकै निकासी घट्यो
चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्यधिक घटेको छ। आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल, पाम आयल र सनफ्लावर आयलको निकासी ११ औँ महिना जेठमा भने न्यून मात्र रहेको तथ्याङ्क छ। भारतले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपश्चात् भारत निकासी हुने वनस्पति घ्यू तथा तेलको निर्यात घटेको हो।
नेपालको कुल निकासीमा भटमासको तेलको हिस्सा २५.०६ प्रतिशत छ भने पाम आयलको २०.४१ प्रतिशत तथा सनफ्लावर आयलको २.४ प्रतिशत रहेको छ। यी तीन वस्तुको मात्र निकासीमा हिस्सा करिब ४८ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ । भारत सरकारको परिवर्तित भन्सार दरको मारमा यी उद्योग परेका हुन्। भन्सार विभागका अनुसार वैशाखसम्म ४५ अर्ब ३५ करोड २१ लाख रुपैयाँको निकासी भएको भटमासको तेल (सोयाबिन आयल) जेठमा भने १ अर्ब २३ करोड ४३ लाख रुपैयाँमात्रैको निकासी भएको छ। जेठसम्म नेपालबाट भारततर्फ ४६ अर्ब ५८ करोड ७० लाख रुपैयाँ बराबरको सोयाबिन आयल निकासी भएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण