मधेश प्रदेश सरकारको भौतिक संरचना निर्माण अध्ययन समितिले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन
मधेश प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।
मंगलबार समितिका संयोजक समेत रहेका भौतिक पुर्वाधार बिकास मन्त्री रामसरोज यादवले बुझाएको सो प्रतिवेदनमा मधेश प्रदेश सरकारको मुख्य प्रशासनिक भवनलगायतका अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गा पहिचानका लागि सरोकारवालासँगको छलफलपछि सो प्रतिवेदन मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेको हो ।
समितिले राजधानीको मुल संरचनाका लागि जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरलाई नै मुख्य प्राथमिकतामा राखेर राजधानी भित्रका अन्य सार्वजनिक तथा गुठी अधीनस्त जग्गालाई समेत समेटेर प्रतिवेदन तयार पारेको समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री यादवले बताए । उनले जचुकाली परिसरलाई प्रशासनिक केन्द्र , चरण विकासको जग्गा तथा हाल प्रदेश सभा भवन रहेको क्षेत्रको जग्गामा आवास क्षेत्र लगायतका अन्य संरचना निर्माणका लागि सिफारिस गरेको बताए ।
सो प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्री परिषदको बैठकबाट स्वीकृति प्रदान गरि साउन पहिलो सातादेखि नै जग्गा प्राप्तिको प्रक्रिया थालिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण