ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने समस्या अत्यधिक
बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखापरेको छ । गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उक्त अवस्था जानकारीमा आएको हो ।
गुलरिया स्वास्थ्य शाखाका सिनियर अनमी विष्णु सापकोटाका अनुसार शिविरमा झन्डै ६०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । दश महिलाको पाठेघरमा रिङ राखिएको उनले बताए । जाँच गर्दा ४० वर्ष उमेर नाघेका महिलामा आङ खस्ने समस्या पाइएको छ । पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताए ।
विशेषतः थारू, दलित, मधेसी र सीमान्तकृत समुदायका महिला उक्त रोगबाट बढी पीडित रहेको सापकोटा बताउछन् । केही महिनाअघि कार्यालयले आङ खस्ने रोगबाट पीडितमध्ये संवेदनशील अवस्थाका १५ जनाको निःशुल्क शल्यक्रिया गरेको थियो । कम उमेरमा विवाह गरेका, असुरक्षित रूपमा बच्चा जन्माएका र गर्भावस्थामा पोसिलो खानेकुरा नखाएका महिलामा पाठेघर खस्ने समस्या बढी देखिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण