निष्कर्ष बिनानै कर्णाली प्रदेशसभाको बैठक आज बस्दै, प्रतिपक्षले के गर्ला ?
गत असार १२ गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक बिहीबार दिउँसो बस्ने भएको छ । तर प्रतिपक्ष दल नेकपा एमालेले उठाएका मागहरुको विषयमा भने सहमति जुट्न सकिरहेको अबस्था छैन ।
यो बिचमा लगातार सर्वदलीय बैठक बस्दा पनि कुनै टुङ्गो नलागेको सभामुख राजबहादुर शाहीले रातोपाटीलाई जानकारी दिए । एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गरिरहेको छ ।
यस्तै आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ल्याइएको बजेटको किताब तथ्यगत रूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने अडान प्रतिपक्षले राखेको छ । यद्यपि मुख्यमन्त्री जीवनबहादुर शाहीले भने प्रतिपक्षको कुरामा आलटाल गरिरहेको एमालेको आरोप छ ।
सभामुख राजबहादुर शाहीका अनुसार बिहीबार दिउँसो संसद चल्नुभन्दा पहिला सर्वदलीय बैठक बस्ने छ । सोही बैठकमा सहमति जुटाउने प्रयास गरिने छ । यसअघिका सर्वदलीय बैठकहरूमा एमालेले आफुले उठाएका मागहरु बजेट पास हुनुभन्दा पहिला नै कार्यान्वयन गरेर जानुपर्ने माग गरेको छ भने सरकार पक्षले बजेट पासपछि कार्यान्वयन गरेर जाने बताएको छ । यद्यपि प्रतिपक्षले यो कुरा मानिरहेको छैन ।
बजेट पास हुनुभन्दा पहिला नै आफुले उठाएका मागहरु सम्बोधन र कार्यान्वयन नभएको खण्डका संसद चल्न नदिने एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बताए । उनले भने, ‘बिहीबार बैठक संसद चलाउने भनेका छन् । हामीले उठाएको विषयमा कुनै सहमति नै भएको छैन । कसरी चलाउँदा रहेछन् हामी पनि हेरौँला नि..!’
प्रतिपक्ष र सत्तापक्ष बीचको टसलका कारण अहिलेसम्म बजेटको विषयमा कुनै छलफल हुन सकिरहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण