शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् जापानका पूर्व प्रधानमन्त्रीलाई गोली हान्ने व्यक्ति ?

शुक्रबार, २४ असार २०७९, ११ : ०७
शुक्रबार, २४ असार २०७९

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी हिस्सा नारामा एक सडकमा भाषण दिइरहेका बेला गोली प्रहार गरियो ।

प्रहरीले ४१ वर्षका संदिग्ध हमलाकर्तालाई पक्राउ गरिसकेको छ । उनले आबेलाई गोली हानेपछि भाग्ने कोसिस गरेका थिएनन् ।

संदिग्ध हमलाकर्तालाई नाराको निशी प्रहरी स्टेशनमा लगिएको छ । उनको पहिचान तेत्सुया यामागामीको रुपमा भएको छ । उनी नारा सिटीकै बासिन्दा भएको बीबीसीले बताएको छ ।

 लिबरल डेमोक्रेटिक पार्टीले आबेलाई पछाडिबाट गोली हानिएको जानकारी दिएकाे थियो । पहिलो गोली मिस भएपनि दोस्रो गोली भने उनलाई लागेको खबरमा उल्लेख छ ।

 


 

एनएचकेको रिपोर्ट अनुसार आबे घाइते अवस्थामा बेहोस छन् । एम्बुलेन्सलाई राख्ने बेलासम्म उनलाई होस भएको पनि बताइन्छ ।

आबेलाई गोली लागेपछि हृदयघातसमेत भएको खबर आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप