को हुन् जापानका पूर्व प्रधानमन्त्रीलाई गोली हान्ने व्यक्ति ?
शुक्रबार, २४ असार २०७९, ११ : ०७
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी हिस्सा नारामा एक सडकमा भाषण दिइरहेका बेला गोली प्रहार गरियो ।
प्रहरीले ४१ वर्षका संदिग्ध हमलाकर्तालाई पक्राउ गरिसकेको छ । उनले आबेलाई गोली हानेपछि भाग्ने कोसिस गरेका थिएनन् ।
संदिग्ध हमलाकर्तालाई नाराको निशी प्रहरी स्टेशनमा लगिएको छ । उनको पहिचान तेत्सुया यामागामीको रुपमा भएको छ । उनी नारा सिटीकै बासिन्दा भएको बीबीसीले बताएको छ ।
लिबरल डेमोक्रेटिक पार्टीले आबेलाई पछाडिबाट गोली हानिएको जानकारी दिएकाे थियो । पहिलो गोली मिस भएपनि दोस्रो गोली भने उनलाई लागेको खबरमा उल्लेख छ ।
याे पनि:
एनएचकेको रिपोर्ट अनुसार आबे घाइते अवस्थामा बेहोस छन् । एम्बुलेन्सलाई राख्ने बेलासम्म उनलाई होस भएको पनि बताइन्छ ।
आबेलाई गोली लागेपछि हृदयघातसमेत भएको खबर आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
