राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवालाई ७ वर्ष कैद सजाय, दुई लाख जरिवाना
गत वर्ष सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटलमा लगेर राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने दुई युवालाई ७/७ बर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना तोकिएको छ । यौन दुर्व्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सो फैसला गरेको हो ।
जिल्ला अदालतका सूचना अधिकारी उज्वल रावलले दुर्व्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई पनि ३ बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई ०७८ जेठ २३ मा पक्राउ गरि असार १६ गते नै पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।
युवतीमाथि दुर्व्यवहार गर्ने युवाहरुले यौन दुव्र्यवहार गरको भिडियो बनाई सामाजिक सञ्जालमा फैलाएका थिए । उक्त भिडियो भाइरल भएपछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको थियो । उनीहरुले उतिबेला नै प्रहरी समक्ष गल्ती स्वीकार गरेका थिए । तीनैजना विरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेर मुद्दाको प्रक्रिया अघि बढाएको थियो । बाहिरी समाजबाट टाढा, जंगलका कुना कन्दरामा जीवनयापन गर्दै आएको अल्पसंख्यक राउटे समुदायको आफ्नो रीति, परम्परा र संस्कृतिमाथिकै हमलाका रुपमा यो घटनालाई कतिपयले व्याख्या गरेका थिए ।
राउटे युवतीलाई ललाई फकाई मदिरामा लिप्त बनाई गैरराउटे ती युवाले होटेलमा लगेर यौन दुर्व्यवहार गरेका थिए । भिडियोमा युवती मदिराले लट्ठै परेको देखिन्यो भने युवाले उनीहरुमाथि यौनजन्य गतिविधि गरिरहेको देखिन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
