नेपालगञ्जमा पनि बकर इदको रमझम
इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेको नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ । बकर इदका अवसरमा आज बिहानै नेपालगञ्जको बिपी चोकस्थित इदगाहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित सयौँको सङ्ख्यामा उपस्थित भई मुस्लिम समुदायले सामूहिक नमाज (प्रार्थना) गरेका छन् । इदगाहमा जम्मा भएको मुस्लिम समुदायले मुलुकमा अमन चयन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेको मुस्लिम समुदायका अगुवा मोहम्मद हारुन हलवाइले जानकारी दिए ।
बकर इदको अवसरमा नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री राईले सम्पूर्ण देशवासीमा बकर इदको शुभकामना व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गरेका छन् ।
बकर इदको शुभकामना आदानप्रदानका लागि गैरमुस्लिम धर्मावलम्बी पनि इदगाह पुगेका थिए । नेपालगञ्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्ट, पूर्व नगरप्रमुख डा.धवलशम्शेर राणा, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो । तीन दिनसम्म मनाइने यो पर्वमा हज र कुर्वानी (बलि) दिनुपर्ने विशेषता छ । बकर इदमा हज र कुर्वानी अनिवार्य भएकाले मुस्लिम समुदायले इदगाहमा नमाज पढेपछि दक्ष अनुसारको पशु बलि कुर्वानी दिने चलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
-
योगाभ्याससहित मनाइयो अन्तर्राष्ट्रिय योग दिवस
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण