१ हजार थान पेस्तोलसहितका हतियार खरिद प्रक्रिया अन्तिम चरणमा
प्रहरी प्रधान कार्यालयले १ हजार थान पेस्तोल सहितका हतियार खरिद प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्ले स्थानिय तह निर्वाचन अघि नै ८० करोड भन्दा बढीको हतियार खरिद प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई अनुमति दिएको थियो ।
हतियार खरिद गर्न अर्थ मन्त्रालयले ८० करोड भन्दा बढी बजेट निकासा दिएको छ । इटलीको कम्पनीबाट हतियार र गोलीगठ्ठा खरिद गर्न राष्ट्र बैङ्कबाट एलसी खोल्ने प्रक्रिया अघि बढेको छ । प्रहरी प्रधान कार्यालयले इटलियन कम्पनीको बेरेटा पेस्तोल १ हजार थान, अश्रुग्याँस सेल २५ हजार थान, सटगन १ हजार १५० थान, रबर गोली १० लाख थान र ५ लाख थान पेस्तोलको गोली खरिद गर्न लागेको छ ।
सुरक्षा सामरिक तथा प्रतिरक्षा कार्यविधि–०७५ अनुसार आर्थिक वर्षको सुरुमा सूचीकरण भएका फर्मले मात्रै हतियार खरिदको ठेक्का पाउँछन् । भिड नियन्त्रणमा आवश्यक सामग्री खरिद गर्न लागिएको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । उनले भने–‘भिड नियन्त्रणमा चाहिने सामग्री ५ वर्ष देखी खरिद गरिएको छैन ।’
प्रहरीले अहिले किन्न लागेको सटगन, अश्रुग्याँस सेल र रबर बुलेट भिड नियन्त्रणमा प्रयोग गरिन्छ । सटगन रबर बुलेट हान्न प्रयोग गरिन्छ । स्थानिय तह निर्वाचनमा प्रहरीले नेपाली सेनासँग ८ सय पेस्तोल ‘सापटी’ लिएको थियो । गस्तीमा जाँदा र हरेक चौकीका कमाण्डरका लागि पेस्तोल अभाव भएपछि १ हजार थान बेरेटा किन्न लागिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण