प्रहरीका लेखापालको पदावधि ८ वर्ष बनाउने निर्णय
नेपाल प्रहरीका लेखापालहरूको पदावधि बढाउने निर्णय गरिएको छ । अहिले कायम रहेको ६ वर्षे पदावधिलाई बढाएर ८ वर्ष कायम गरिएको छ । नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने निकाय निति समन्वय समिति (पिसिसि)ले सो निर्णय गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
यसअघि महिला लेखापालको मात्र ८ वर्षे पदावधि कायम थियो । पिसिसिले महिला र पुरुषको पदावधि समान बनाएको छ । प्रहरी प्रधान कार्यालय मातहत बजेट चल्ने ५ सय ११ वटा युनिटमा लेखापालको दरबन्दी छ । लेखा अधिकृतमा प्रवेश गरेपछि अब, ८ वर्षसम्म सो समूहबाट बाहिर जानुपर्दैन ।
२०७८ मा प्रहरी प्रधान कार्यालयले कार्यावधीलाई घटाएर ५ वर्ष बनाउने गरी गृह मन्त्रालयमा नयाँ मापदण्ड प्रस्ताव गरेको थियो । तर, गृहमन्त्रालय त्यसबारे कुनै निर्णय लिएन । प्रहरी युनिटलाई ‘क’ देखी ‘घ’ सम्म वर्गिकरण गरेर लेखा अधिकृतको जिम्मेवारी दुई–दुई बर्ष कायम गरिएको छ । प्रहरी सहायक निरिक्षक (सअई) लेखापाल हुने कार्यालयमा भने वर्ग लागू गरिएको छैन् ।
प्रहरी प्रधान कार्यालयल गत वर्षबाट थप २५ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा नयाँ बजेटको व्यवस्था गरेको थियो । २०७८ को असार मसान्तमा हुनुपर्ने लेखापालको सरुवा अहिलेसम्म भएको छैन् । गत वर्ष लेखापाल सरुवामा सिफारिसको चाङ लागेपछि गृहमन्त्री खाणले नै सरुवा रोक्न प्रहरी महानिरीक्षकलाई आदेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण