शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरीका लेखापालको पदावधि ८ वर्ष बनाउने निर्णय

सोमबार, २७ असार २०७९, २० : २०
सोमबार, २७ असार २०७९

नेपाल प्रहरीका लेखापालहरूको पदावधि बढाउने निर्णय गरिएको छ । अहिले कायम रहेको ६ वर्षे पदावधिलाई बढाएर ८ वर्ष कायम गरिएको छ । नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने निकाय निति समन्वय समिति (पिसिसि)ले सो निर्णय गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

यसअघि महिला लेखापालको मात्र ८ वर्षे पदावधि कायम थियो । पिसिसिले महिला र पुरुषको पदावधि समान बनाएको छ । प्रहरी प्रधान कार्यालय मातहत बजेट चल्ने ५ सय ११ वटा युनिटमा लेखापालको दरबन्दी छ । लेखा अधिकृतमा प्रवेश गरेपछि अब, ८ वर्षसम्म सो समूहबाट बाहिर जानुपर्दैन ।

२०७८ मा प्रहरी प्रधान कार्यालयले कार्यावधीलाई घटाएर ५ वर्ष बनाउने गरी गृह मन्त्रालयमा नयाँ मापदण्ड प्रस्ताव गरेको थियो । तर, गृहमन्त्रालय त्यसबारे कुनै निर्णय लिएन । प्रहरी युनिटलाई ‘क’ देखी ‘घ’ सम्म वर्गिकरण गरेर लेखा अधिकृतको जिम्मेवारी दुई–दुई बर्ष कायम गरिएको छ । प्रहरी सहायक निरिक्षक (सअई) लेखापाल हुने कार्यालयमा भने वर्ग लागू गरिएको छैन् ।

प्रहरी प्रधान कार्यालयल गत वर्षबाट थप २५ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा नयाँ बजेटको व्यवस्था गरेको थियो । २०७८ को असार मसान्तमा हुनुपर्ने लेखापालको सरुवा अहिलेसम्म भएको छैन् । गत वर्ष लेखापाल सरुवामा सिफारिसको चाङ लागेपछि गृहमन्त्री खाणले नै सरुवा रोक्न प्रहरी महानिरीक्षकलाई आदेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप