बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए कम्पनीको सेयर ?

मङ्गलबार, २८ असार २०७९, १० : ४९
मङ्गलबार, २८ असार २०७९

हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार १५ गतेदेखि १९ गतेसम्म जारी गरेको १९ करोड ६८ लाख २५ हजार कित्ता सेयर आज मंगलबार बाँडफाँड भएको हो । 
गोलाप्रथामार्फत भएको बाँडफाँडमा १ लाख ८३ हजार ४७ जनाले कम्पनीको सेयर हात पारेका छन् भने, बाँकी १५ लाख ७७ हजार २०७ जना आवेदकहरुको हात खाली हुन पुगेको छ ।

कम्पनीले जारी गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ७५८ जनाको आवेदन रद्द भएको थियो भने योग्य आवेदकहरु मध्येबाट गोला प्रथा गर्दा १ लाख ८३ हजार ४७ जनाले प्रतिव्यक्ति १०-१० कित्ताका दरले कम्पनीको सेयर पाएका हुन् । जसमध्ये २ जना आवेदकले भने ११-११ कित्ता सेयर पाएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले असार १५ गतेबाट १९ गतेसम्म कुल १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताका सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप