शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति पुत्र दिपेश दुर्घटनामा घाइते

आइतबार, २४ मङ्सिर २०७४, १७ : ४७
आइतबार, २४ मङ्सिर २०७४

काठमाडौँ । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ का पुत्र दिपेश पुन दुर्घटनामा घाइते भएका छन् ।

रोल्पाको लिवाङबाट काठमाडौँ आउने क्रममा रोल्पाको सातदोबाटोमा उनको गाडी दुर्घटनामा परेको दिपेशकी भाउजु जुना घर्तीमगरले बताइन् ।

उनको टाउकोमा चोट लागेको बताइएको छ । उनीसँगै पत्रकार मनोज पुन पनि सामान्य घाइते रहेका छन् । उनी उपराष्ट्रपतिका प्रेस सहयोगी थिए ।

घाइतेहरुलाई भालुवाङसम्म गाडीमा र त्यहाँबाट हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप