संसद्मा एमालेले गर्यो गभर्नर महाप्रसाद अधिकारीको बचाउ
एमालेले प्रतिनिधि सभा बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बचाउ गरेको छ । बिहीबार संसदमा सत्तापक्ष सांसदहरुले प्रचलित कानुनविपरित गभर्नर अधिकारी एमालेको सदस्य रहेको भन्दै छानविन गर्न माग गरेपछि एमालेले बचाउ गरेको हो ।
एमाले सांसद कृष्णभक्त पोखरेलले गभर्नर महाप्रसाद अधिकारी आफ्नो दलमा नरहेको भन्दै बचाउ गरेका हुन् । उनले भने–‘एम अधिकारी भन्ने व्यक्ति एमालेको अर्थ विभागमा रहेको र उहाँ राष्ट्र बैंकको गभर्नर हो भनी सत्तापक्षका सांसदहरुले अर्थ मन्त्रालयको असक्षमता लुकाउन विषयान्तर गरी मनोगत भावना राखेको देख्दा दया भाव जागिरहेको छ । स्वंय महाप्रसादजीले म कुनै पार्टीमा छैन भन्ने वक्तब्य दिइरहेको विषय संसदमा प्रश्न उठाउन मिल्ने विषय पनि हैन ।’
उनले गठबन्धन सरकारले अवैध अर्बौ रुपैयाँ वैध बनाउन दिएको आदेश नमान्दा देश श्रीलंका जस्तो हुन्छ भन्ने सत्तापक्षको बुझाई हो भने त्यसमा एमालेको दया भावबाहेक अरु केही नजाग्ने टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

