इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स थप बढ्ने
आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको हो।
चालू आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समा सामान्य वृद्धि भएको देखिए पनि इजरायलको रोजगारी सुरु भएको र कोरियाको भाषा परीक्षा भइरहेका कारण आगामी वर्ष रेमिट्यान्स वृद्धि हुने भएको छ । इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएसँगै थप ९०० नेपाली साउनको दोस्रो साताबाट इजरायल जाने वैदेशिक रोजगार विभागमा निर्देशक श्रीचन्द्र साहले बताए। इजरायल जाने युवाको सबै प्रक्रिया पूरा गरेर भिसा प्राप्त भए लगत्तै सातामा २ वटा उडानमार्फत छनोट भएका सबै युवालाई पठाउने तयारी गरिएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
-
जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण