लघुकथा : केटाको योग्यता
देउरालीको चौतारोमा कृष्णप्रसादजी र रामहरिको भेट भयो । “ओहो कृष्णप्रसादजी धेरैमा भेट भयो त ।” रामहरिले भने ।
“म हजुरलाई नै भेट्न आउँदै गरेको, बिच बाटोमा भेट भयो । बाटो नै छोटो भयो मेरो त । कता जान लाग्नु भयो ?” कृष्ण प्रसादले सोधे । “पर्सि खेत रोप्ने भन्छन् । पानीको अवस्था कस्तो छ बेसी खेततिर निस्केको म त ।” रामहरिले भने ।
“यसो चौतारीमा बसेर छोटो कुरा गरुँ न है ?” भन्दै कृष्णप्रसादले तानेर लगे । दुवैजना चौतारोमा बसे । उनी अझ अगाडि बोल्दै गए “हजुरको सानो छोरी, रुकुको लागि कुरा आएको छु म । त्यही विषयमा कुरा गर्न आएको थिएँ बाटोमा नै भेट भइहाल्यो ।”
“उमेर पुगेकी छन्, पढाइ पनि आफ्नो खुट्टामा उभिन सक्ने बनाएकी छन् । भने जस्तो आयो भने आँट्नु पनि पर्ला अब । के गर्ने सधँै घरमा पनि राख्न नमिल्ने रहेछ ।” रामहरिले टाढा बेसी खेत पारी क्षितिजको बादल हेर्दै भावुक भएर भने ।
कृष्णप्रसादजीले मोवाइल झिकेर केटाको फोटो देखाए । केटाको फोटो हेर्दा रामहरिलाई ठिकै लाग्यो । “फोटोमा हेर्दा त राम्रो छ । केटाले गर्छ चाहीँ के ?” रामहरिले सोधे ।
“केटो अमेरिकामा छ ।” उत्तर आयो । “कति पढेको रहेछ ?” रामहरिले केटाको योग्यता जान्न चाहे । “डिभी परेर अमेरिका गएको हो ।” कृष्णप्रसादको जवाफ थियो ।
पोखरा–७,मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण