शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लघुकथा : केटाको योग्यता

शनिबार, ३२ असार २०७९, ०७ : १०
शनिबार, ३२ असार २०७९

देउरालीको चौतारोमा कृष्णप्रसादजी र रामहरिको भेट भयो । “ओहो कृष्णप्रसादजी धेरैमा भेट भयो त ।” रामहरिले भने । 

“म हजुरलाई नै भेट्न आउँदै गरेको, बिच बाटोमा भेट भयो । बाटो नै छोटो भयो मेरो त । कता जान लाग्नु भयो ?” कृष्ण प्रसादले सोधे । “पर्सि खेत रोप्ने भन्छन् ।  पानीको अवस्था कस्तो छ बेसी खेततिर निस्केको म त ।” रामहरिले भने । 

“यसो चौतारीमा बसेर छोटो कुरा गरुँ न है ?” भन्दै कृष्णप्रसादले तानेर लगे । दुवैजना चौतारोमा बसे । उनी अझ अगाडि बोल्दै गए “हजुरको सानो छोरी, रुकुको लागि कुरा आएको छु म । त्यही विषयमा कुरा गर्न आएको थिएँ बाटोमा नै भेट भइहाल्यो ।”

 “उमेर पुगेकी छन्, पढाइ पनि आफ्नो खुट्टामा उभिन सक्ने बनाएकी छन् । भने जस्तो आयो भने आँट्नु पनि पर्ला अब । के गर्ने सधँै घरमा पनि राख्न नमिल्ने रहेछ ।” रामहरिले टाढा बेसी खेत पारी क्षितिजको बादल हेर्दै भावुक भएर भने । 

कृष्णप्रसादजीले मोवाइल झिकेर केटाको फोटो देखाए ।  केटाको फोटो  हेर्दा रामहरिलाई ठिकै लाग्यो । “फोटोमा हेर्दा त राम्रो छ । केटाले गर्छ चाहीँ के ?” रामहरिले सोधे । 

“केटो अमेरिकामा छ ।” उत्तर आयो । “कति पढेको रहेछ ?” रामहरिले केटाको योग्यता जान्न चाहे । “डिभी परेर अमेरिका गएको हो ।” कृष्णप्रसादको जवाफ थियो ।

पोखरा–७,मासबार, कास्की

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप