कर्णालीमा मुद्दा फछ्र्योट प्रगति उत्कृष्ट छ : मुख्य न्यायाधीश
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फछ्र्योट प्रगति उत्कृष्ट रहेको बताएका छन् ।
उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव २०७८/०७९ को वार्षिक समीक्षा कार्यक्रममा मुख्य न्यायाधीश सिवाकोटीले तल्लो कर्णालीका पाँच जिल्लाको मुद्दा फछ्र्योट प्रगति हेर्दा लक्ष्यभन्दा माथि नै रहेको बताए । उनले भने, “हामीले जनतालाई न्यायको अनुभूति दिलाउने हो । हामीले त्यसैमा दत्तचित्त भएर लाग्नुपर्दछ ।”
उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश माधवप्रसाद पोखरेलले सर्वोच्चको पञ्चवर्षीय रणनीति मुताविक कार्ययोजना बनाएर अघि बढिएको बताए । उनले उच्च अदालत सुर्खेतले लक्ष्यभन्दा १७१ प्रतिशत प्रगति गरेको र तल्लो कर्णालीमा पाँच जिल्लाको मुद्दा फछ्र्योट प्रगति पनि अपेक्षाकृत भएको जनाए ।
उच्चकै न्यायाधीशद्वय पुनसिंह चन्द र लेखनाथ ढकालले पञ्चवर्षीय रणनीतिक योजनाअनुरुप बनाइएको लक्ष्य र उद्देश्य पूरा गर्न भोग्नुपरेका समस्या, चुनौती र भावी बाटो के भन्ने कुराको अनुभव अनुभूति आदानप्रदान गर्न वार्षिक समीक्षाले सहयोग पुर्याउने धारणा राखे।
कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले कर्णालीमा न्यायाधीशहरूले लक्ष्यमा अग्रसर भएर जनतामाझ न्याय दिएको भन्दै कृतज्ञता प्रकट गरे । पाँच जिल्लाका न्यायाधीशहरुको प्रतिनिधित्व गर्दै सुर्खेत जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा राजेन्द्रप्रसाद आचार्यले मुद्दा फछ्र्योट हुनुमा सहायक तत्व र हुन नसक्नुमा कारक तत्वले काम गरेको टिप्पणी गरे ।
अब न्यायाधीशहरुले न्याय सम्पादनको कार्य प्रणालीको ढाँचामा परिवर्तन ल्याउनुपर्ने उनको भनाइ थियो । नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले न्याय सम्पादन प्रणालीलाई समयानुकूल बनाउँदै लैजानुपर्ने र यो जनहितमा हुनुपर्नेमा जोड दिए ।
उक्त वार्षिक समीक्षामा उच्च अदालतका सुर्खेतका रजिष्ट्रार अर्जुनप्रसाद कोइराला, सल्यान जिल्ला न्यायाधीश सुदीप पाण्डे, दैलेख जिल्ला न्यायाधीश दण्डपाणि लामिछाने, रुकुमपश्चिम जिल्ला न्यायाधीश विद्याराज पौडेल, जाजरकोट जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्य र पाँच जिल्लाका श्रेस्तेदार अधिकृतहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण