खाने हैन त जार स्पेसल चिकेन बर्गर ?
युवापुस्तामाझ निकै लोकप्रिय खानामा पर्छ बर्गर । पछिल्लो समयको प्रचलित फास्टफुडका रूपमा पनि बर्गरलाई लिने गरिन्छ ।
बर्गर भिन्न भिन्न स्वादमा तयार गरिन्छ । बर्गरको लोकप्रियता र माग बढ्दै गर्दा आज हामीले रातोपाटी ‘खानाबार’ मा बर्गर विशेष भिडियो सामग्री तयार गरेका छौँ । काठमाडौँको मध्य बानेश्वरमा रहेको जार रेष्टुरेन्टका सेफ विजय खड्काको सहयोगमा तयार ‘जार स्पेसल चिकेन बर्गर’का बारेमा हामीले यो भिडियो सामग्री तयार गरेका हौँ ।
विशेष गरेर बर्गर ब्रेड, आलु टिक्की, टमाटरको स्लाइस, मसिनो गरी काटिएको प्याज, गाजर, सलाद पात, टोमाटोे सस, चाट मसला, चिजको स्लाइस र काँक्रो आदि राखेर बर्गर बनाउने चलन रहेको छ । सँगै ननभेज बर्गर बनाउन चाहेमा मनपर्ने मासुको बर्गर प्याटी बनाउन सकिन्छ । नेपालमा प्राय बर्गरमा चिकेन र अण्डाको पनि प्रयोग गर्ने गरिएको छ ।
सोहि अनुसार जार रेष्टुरेन्टको स्पेसल खानेकुरा ‘जार स्पेसल चिकेन बर्गर’ को रेसिपि हेरेर हामी परिवारसँगै बसेर आफ्नै घरमा पनि बर्गर तयार गर्न सक्छौँ :
चिकेन किमा (बर्गर प्याटी)
नुन
प्याज
गार्लिक पेस्ट
हरियो धनियाँ
मरिच
ओयस्टर सस
चेडर चिज
केहि पिस बेकन
अण्डा
बर्गर बनउल्लेखित आवश्यक सामग्रीको साथमा चिकेन बर्गर कसरी तयार गर्ने त ! हेरौं जार रेष्टुरेन्टका सेफ खड्काको पककलामा रहेर तयार यो भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
