घटेको भाडा कार्यान्वयनमा आनाकानी
पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा असार ६ गतेदेखि वृद्धि भयो। यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ र तराईका बाटामा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशत भाडा वृद्धि गरेको थियो।
भाडा वृद्धिको निर्णयलाई यातायात व्यवसायीले तत्कालै कार्यान्वयनमा ल्याए तर, पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले असार १२ गते सार्वजनिक यातायातको भाडा घटायो। भाडा वृद्धि गर्दा तल्कालै कार्यान्वयन गरेका यातायात व्यवसायीले भाडा घट्दा भने उक्त निर्णय अझै कार्यान्वयन गर्न सकेका छैनन् । सरकारको निर्णयलाई लत्त्याउँदै उनीहरूले महँगो भाडा शुल्क असुली गर्दै आएका छन्। स्थानीय प्रशासन र यातायात व्यवस्था कार्यालय तथा नागरिक समाजको बेवास्ताका कारण यातायात व्यवसायीले यात्रुबाट महँगो अर्थात् पुरानै भाडा लिइरहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण