शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
अपडेट

पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि

शनिबार, २० असार २०८३, ०४ : ३४
शनिबार, २० असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ।
  • खेलको २९औं मिनेटमा कप्तान लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।
  • पहिलो हाफमा केप भर्डेले केही अवसर सिर्जना गरे पनि अर्जेन्टिनाले अग्रता कायम राख्यो।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा अर्जेन्टिनाले पहिलो हाफ सकिँदा केप भर्डेमाथि १–० को अग्रता बनाएको छ।

मियामी स्टेडियममा जारी खेलको २९औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले लिसान्द्रो मार्टिनेजको पासमा उत्कृष्ट फिनिस गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। यो गोल पहिलो हाफको 'हाइड्रेसन ब्रेक' लगत्तै आएको थियो।

सुरुआती समयमा केप भर्डेले पनि आत्मविश्वासपूर्ण प्रदर्शन गर्दै केही अवसर सिर्जना गरेको थियो। कप्तान रायन मेन्डेसको प्रहार अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले सहजै नियन्त्रण गरेका थिए भने ४० वर्षीय गोलरक्षक भोजिन्हाले पनि केही महत्वपूर्ण बचाउ गरे।

अर्जेन्टिनाका मेस्सीले पहिलो हाफमा फ्रिकिक र खुला खेलबाट थप अवसर सिर्जना गरे पनि दोस्रो गोल भने गर्न सकेनन्।

पहिलो हाफ सकिँदा अर्जेन्टिना १–० ले अगाडि रहेको छ। यस खेलको विजेताले प्रि–क्वार्टरफाइनलमा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप