प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया
नेपाल पत्रकार महासंघ युरोप शाखाले बेल्जियम नेपाली पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागिता जनाउन नेपालबाट गण्डकी प्रदेशका निवर्तमान अध्यक्षसमेत रहेका त्रिभुवन पौडेल, रमेश खतिवडा, केसी लामिछाने र सुनिल खड्का बेल्जियम पुगेका थिए ।
कार्यक्रममा संचारकर्मीहरुलाई समस्या पर्दा युरोप शाखाले सहयोग र साथ दिएको भन्दै युरोप शाखाले गरेको योगदानको प्रशंसा गरिएको थियो । युरोपमा रहेका नेपाली समुदायहरूमा विभिन्न भर्चुअल कार्यक्रम आयोजना गरेर तत्कालिन समस्या समाधान र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन शाखा सफल रहेको अतिथिहरूले स्मरण गरेका थिए ।
बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपालका महामहिम राजदूत गेहेन्द्रराज राजभण्डारीको प्रमुख आतिथ्यता र कार्यबाहक अध्यक्ष केजिन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा शाखाका उपाध्यक्ष दिल निसानी मगरले स्वागत गन्तब्य राखेका थिए ।
कार्यक्रममा एनआरएन बेल्जियमका कोषाध्यक्ष श्लोकेन्द्र नेपाल, व्यवसायी मनिस गुरुङ, महिला व्यवसायी कल्पना मगर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण