प्रदीप ज्ञवालीको गुनासो– दुईथरी तरकारी पकाउन सक्ने अवस्था छैन !

नेकपा एमालेका नेता तथा पुर्व मन्त्री प्रदीप ज्ञवालीले मुलुकमा मौलाएको कुशासन, भ्रष्टाचार र महँगीको सवैभन्दा बढी मार उपभोक्तालाई परेको बताएका छन् ।
सोमबार पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले गरेको अन्तरक्रियामा बोल्दै उनले आफु सांसद र मन्त्री भइसके पनि महँगीका कारण घरमा दुईथरी तरकारी पकाउन सक्ने हैसियत हुन छोडेको बताएका हुन् । ‘म प्रतिनिधि सभाको सदस्य पनि हुँ, मन्त्री पनि भइसकेँ, मैले नै घरमा एउटा सम्झौता गर्नुपर्ने अवस्था छ’, एमाले उपमहासचिव समेत रहेका ज्ञवालीले भने, ‘जम्माजम्मी एक छाकमा अधिकतम एक खालको तरकारीमात्र पाक्नेछ भनेर गृहमन्त्रीसँग सम्झौता गरेर अगाडि बढ्नुपर्ने अवस्था छ ।’
उनले आफूसँग अहिले दुईथरी तरकारी पकाउन सक्ने क्षमता आफ्नो नरहेको बताए । ‘दुई थरी तरकारी पकाउन सक्ने क्षमता मेरोचाहीँ छैन’, उनले भने, ‘सांसद त यो देशको विशिष्ट श्रेणीको, माननीय भनेर ट्याग जोडिएको मान्छे हो उसैको घरमा दुइ खालको तरकारी बनाउन सक्ने अवस्था छैन भने १७ प्रतिशत भन्दा तल गरिवीको रेखामुनि रहेका र न्युनतम ज्याला पनि नपाएकाहरुले कसरी जीवन चलाइरहेका होलान् ?’, ज्ञवालीको प्रश्न छ ।
उनले खेतीका समयमा किसानले मल अभाव, पाठ्यपुस्तक अभाव र कही केही सेवा र वस्तुमा सिन्डिकेट लादिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
-
सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशामा स्थानीय दंग
-
गृहमन्त्री लेखक र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
मन्त्रिपरिषद् बैठक : गभर्नरबारे प्रस्ताव नै गएन