प्रदीप ज्ञवालीको गुनासो– दुईथरी तरकारी पकाउन सक्ने अवस्था छैन !
नेकपा एमालेका नेता तथा पुर्व मन्त्री प्रदीप ज्ञवालीले मुलुकमा मौलाएको कुशासन, भ्रष्टाचार र महँगीको सवैभन्दा बढी मार उपभोक्तालाई परेको बताएका छन् ।
सोमबार पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले गरेको अन्तरक्रियामा बोल्दै उनले आफु सांसद र मन्त्री भइसके पनि महँगीका कारण घरमा दुईथरी तरकारी पकाउन सक्ने हैसियत हुन छोडेको बताएका हुन् । ‘म प्रतिनिधि सभाको सदस्य पनि हुँ, मन्त्री पनि भइसकेँ, मैले नै घरमा एउटा सम्झौता गर्नुपर्ने अवस्था छ’, एमाले उपमहासचिव समेत रहेका ज्ञवालीले भने, ‘जम्माजम्मी एक छाकमा अधिकतम एक खालको तरकारीमात्र पाक्नेछ भनेर गृहमन्त्रीसँग सम्झौता गरेर अगाडि बढ्नुपर्ने अवस्था छ ।’
उनले आफूसँग अहिले दुईथरी तरकारी पकाउन सक्ने क्षमता आफ्नो नरहेको बताए । ‘दुई थरी तरकारी पकाउन सक्ने क्षमता मेरोचाहीँ छैन’, उनले भने, ‘सांसद त यो देशको विशिष्ट श्रेणीको, माननीय भनेर ट्याग जोडिएको मान्छे हो उसैको घरमा दुइ खालको तरकारी बनाउन सक्ने अवस्था छैन भने १७ प्रतिशत भन्दा तल गरिवीको रेखामुनि रहेका र न्युनतम ज्याला पनि नपाएकाहरुले कसरी जीवन चलाइरहेका होलान् ?’, ज्ञवालीको प्रश्न छ ।
उनले खेतीका समयमा किसानले मल अभाव, पाठ्यपुस्तक अभाव र कही केही सेवा र वस्तुमा सिन्डिकेट लादिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण