शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रुस, इरान र टर्कीबीच त्रिपक्षीय वार्ता हुँदै

मङ्गलबार, ०३ साउन २०७९, ०९ : ४५
मङ्गलबार, ०३ साउन २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका समकक्षी इब्राहिम राइसीबीच मंगलबार तेहरानमा भेटवार्ता हुँदैछ । सो छलफलमा टर्कीका राष्ट्रपति रेसेप तेय्यीप एर्डोगान पनि सहभागी हुनेछन् । त्रिपक्षीय हुने भनिएको यो छलफल सिरियामा जारी द्वन्द्वमा केन्द्रित हुने भनिए पनि युक्रेन युद्धको बारेमा कुराकानी हुने अपेक्षा गरिएको छ ।

दुई देशका नेता र प्रतिनिधिमण्डलबीच दुई पक्षीय वार्ता पनि हुनेछ जसमा इरानको २०१५ को परमाणु सम्झौताजस्ता विषय छलफलको केन्द्र हुने बताइएको छ । 

सिरियाको विषयमा तीन देशबीच विवाद चर्किरहेको बेला यो सम्मेलन हुन लागेको हो । यसमा टर्की एक पक्षमा रहेको छ भने रुस र इरान अर्को पक्षमा रहेका छन् । टर्कीले हालै सिरियाको दुई उत्तरी सहरमा सैन्य कारबाही चलाउने भनेको थियो । यसलाई उसले ‘आतङ्कवादी’ कुर्दिश सशस्त्र समूहविरुद्धको कारबाही बताएको छ ।

उता, सिरियाका राष्ट्रपति बसर अल असादको समर्थक रहेका रुस र इरान भने यसको विपक्षमा रहेका छन् । अमेरिका पनि टर्कीको योजनाको विपक्षमा रहेको छ । 
–अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप