रुस, इरान र टर्कीबीच त्रिपक्षीय वार्ता हुँदै
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका समकक्षी इब्राहिम राइसीबीच मंगलबार तेहरानमा भेटवार्ता हुँदैछ । सो छलफलमा टर्कीका राष्ट्रपति रेसेप तेय्यीप एर्डोगान पनि सहभागी हुनेछन् । त्रिपक्षीय हुने भनिएको यो छलफल सिरियामा जारी द्वन्द्वमा केन्द्रित हुने भनिए पनि युक्रेन युद्धको बारेमा कुराकानी हुने अपेक्षा गरिएको छ ।
दुई देशका नेता र प्रतिनिधिमण्डलबीच दुई पक्षीय वार्ता पनि हुनेछ जसमा इरानको २०१५ को परमाणु सम्झौताजस्ता विषय छलफलको केन्द्र हुने बताइएको छ ।
सिरियाको विषयमा तीन देशबीच विवाद चर्किरहेको बेला यो सम्मेलन हुन लागेको हो । यसमा टर्की एक पक्षमा रहेको छ भने रुस र इरान अर्को पक्षमा रहेका छन् । टर्कीले हालै सिरियाको दुई उत्तरी सहरमा सैन्य कारबाही चलाउने भनेको थियो । यसलाई उसले ‘आतङ्कवादी’ कुर्दिश सशस्त्र समूहविरुद्धको कारबाही बताएको छ ।
उता, सिरियाका राष्ट्रपति बसर अल असादको समर्थक रहेका रुस र इरान भने यसको विपक्षमा रहेका छन् । अमेरिका पनि टर्कीको योजनाको विपक्षमा रहेको छ ।
–अलजजिरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण