चुनाव जितेसँगै झापा पुगेका केपी ओली, यस्तो आयो प्रतिक्रिया

काठमाडौं– प्रतिनिधिसभामा झापा क्षेत्र नं ५ बाट भारी मनान्तरले विजयी भएपछि एमाले अध्यक्ष केपी ओली गृहजिल्ला पुगेका छन् । आज बिहान ओली प्रमाण पत्र बुझ्न र मतदातालाई धन्यवाद दिन काठमाडौंबाट झापा पुगेका हुन् ।
बिर्तामोड पुगेर प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गर्दै ओलीले विजयले आफूहरुमा कुनै पनि उन्माद नआउने बताए ।
‘विजयले कहि हामीमा उन्माद आउँछ कि भनेर जनतामा चिन्ता छाएको छ । तर यस्तो हुन दिँदैनौ’, ओलीले भने, ‘उन्मादको परिणाम देखेका मात्र होइन भोगेका पनि छौ । त्यसकारण हामी उन्मादको पिडा भोगेकाले त्यस्तो कहिल्यै गदैनौ । हामी त लोकतन्त्रकालागि लडेका हौ । आफ्नो व्यक्तिगत जिवनकालागि होइन ।’
उनले प्रमाणपत्र बुझेपछि निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्मपन्न गराएकोमा झापामा रहेको निर्वाचन आयोगलाई धन्यवाद समेत दिए ।
उनले विप्लवलाई ब्यंग्य गर्दै भने ‘निर्वाचन शान्तिपूर्ण रुपमा भएपनि केहि सुल्ती बम पड्काएर राजनीतिक रुपमा तिरस्कृत भएका छन् । हुँदै जाने छन् ।’
उनले बहुमत आउँदैमा केहि नहुने भन्दै बहुमत कसको हातमा आयो भन्ने कुरा चाहिँ प्रमुख भएको ओलीको भनाई छ ।
सधै विपक्षी प्रति कडा प्रतिक्रिया जनाउने ओलीको निर्वाचित नरम देखिएका छन् । उनले भने ‘लोकतान्त्रीक अभ्यासलाई प्रतिपक्षले व्यवहारमा उतार्नु भएको छ । यो गरीमाको म प्रसंसा गर्छु । लोकतन्त्रको स्वस्थ अभ्यास र उत्साहजनक रुपमा लिनु भयो जसको म कदर गुर्छ ।’
उनले थपे, ‘प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्ने हो । हामीमा जितको उन्माद आउने छैन । पहिला पहिला यहाँ पनि जितको उन्माद आएको थियो । तर अब यस्तो हुने छैन । देश समृद्ध बनाउन सबैलाई समेटेर अगाडि बढ्ने छौ । राष्ट्रलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता हो ।’
ओलीले आफूले झापाका जनताको विश्वास गरेको परिणाम सुखद भएको बताए । उनले भने ‘आफ्नो निर्वाचन क्षेत्रमा खट्न पाइनँ, खटेको भए अझै भोट बढी ल्याउथेँ । झापा क्षेत्र नं ५का जनताले गर्नुभएको विश्वासलाई खेर जान दिनेछैन ।’
ओली झापा क्षेत्र नं ५ बाट ५७ हजार ३९ मत ल्याएर विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेल सजाय भोगिरहेका र्यापरमाथि घातक हमला, १४ पटक चक्कु प्रहार
-
महिला टी–२० विश्वकप छनोट : हङ्कङसँग सात विकेटले हार्यो नेपाल
-
‘हिउँ पर्न छोडेर पानी बर्स्यो, मुस्ताङीले छाना फेरे’
-
विभिन्न स्थानमा ४ जना मृत फेला
-
धुर्मुस सुन्तलीको दु:ख कष्ट हट्छ, क्रिकेट मैदान पनि बन्छ : प्रधानमन्त्री
-
सिद्धान्त र प्राथमिकताबारे माओवादी : ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’