स्वास्थ्यकर्मी नहुँदा कार्तिकेले बाटोमै जन्माइन् सन्तान
शुक्रबार, ०६ साउन २०७९, ०५ : ५४
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं एक फयालगाउँमा स्वास्थ्यकर्मी नभए पछि एक जना महिलाले बाटोमै बच्चा जन्माउनु परेको छ ।
फयालगाउँ स्थित सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुदा वडा नं एक मुक्तिकोटकी कार्तिके विकले बाटोमै सन्तान जन्माउनुपरेको छ ।
गाउँपालिकाबाट यस अघि नियुक्त भएका करार कर्मचारीको चालु आर्थिक बर्षका लागि करार म्याद थप नगरी कार्यालयमा नगएको र त्यहाँ कार्यरत सिनियर अहेव विर्ज विक गोष्ठीमा गाउँपालिका गएका बेला प्रसुती हुन पुगेकी विक फर्किदै गर्दा बाटोमै बच्चा जन्माउन पुगेकी हुन् । कार्तिके विक र बच्चाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण