ग्लोबल आइएमई बैंकको नाफा २५ प्रतिशतले बढ्यो, ५ अर्ब २० करोड रुपैयाँ कमायो
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफा २५ प्रतिशतले वृद्धि गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा बैंकले ४ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ९.२७ प्रतिशतले बढेको छ । बैंकको कूल सञ्चालन आम्दानी १५.०४ प्रतिशत र सञ्चालन मुनाफा २६.९० प्रतिशतले बढेको छ । गत वर्षको असार मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
बैंकले गत आर्थिक वर्षमा कूल २ खर्ब ८६ अर्ब बचत संकलन गरेको छ भने २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको बचत तथा कर्जा लगानी सकारात्मक रुपमा वृद्धि भएको छ ।
बैंकको कूल ब्याज आम्दानी १० अर्ब ७४ करोड रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५२ प्रतिशतले बढेको छ ।
बैंकको नाफासँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस अघिल्लो आर्थिक वर्षको तुलनामा २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १० प्रतिशतले बढेको छ । त्यसैगरी जगेडा कोष २०.४२ प्रतिशतले बढेको बैंकले जनाएको छ ।
बैंकले आफ्नो खराब खर्जामा पनि सुधार ल्याएको जनाएको छ । अघिल्लो आर्थिक वर्ष १.४१ प्रतिशतमा रहेको खराब कर्जा घटेर १.२२ प्रतिशतमा झरेको छ । मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको बैंकले २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २९ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण