हराएकी महिलाको दुई दिनपछि शव फेला
आइतबार, ०८ साउन २०७९, ०९ : ४६

बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बट्लरको स्थानमा यी खेलाडीलाई भित्र्याउँदै गुजरात
-
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
-
एप्पलले भारतमा आइफोन बनाएको हेर्न चाहँदैनन् ट्रम्प
-
२०८२ भित्रै ११औँ महाधिवेशनको मुडमा अध्यक्ष ओली
-
रोनाल्डोमाथि खनिए समर्थक : कृपया क्लब छाडेर जाऊ, अब संन्यास घोषणा गर !
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा