मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : प्रहरीका लागि म्याट्रेस खरिदमा अनियमितता ! मौद्रिक नीतिलगत्तै सेयर बजारमा उछाल

कारागार सम्बन्धी विधेयक पारित, कैदीलाई अब यस्ता अधिकार
आइतबार, ०८ साउन २०७९, २१ : २९
आइतबार, ०८ साउन २०७९

आज २०७९ साउन ८ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा नागरिकता विधेयक पारित भए पनि हलचल कायमै, कारागार सम्बन्धी विधेयक पारित; कैदीलाई अब यस्ता अधिकार, जेलमा रहेका रेशम चौधरीले बर्दियाबाट उम्मेदवारी दिने, मौद्रिक नीतिलगत्तै सेयर बजारमा उछाल, प्रहरीका लागि म्याट्रेस खरिदमा अनियमितता !, तीन किशोरीको शव एउटै रुखमा झुण्डिएको अवस्थामा फेला लगायत छन् ।

१. नागरिकता विधेयक पारित भए पनि हलचल कायमै
प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भए पनि त्यसबाट उत्पन्न हलचल कायमै छ । खासगरी सत्तारुढ गठबन्धन घटककै नेताहरुले उक्त विधेयकमा रहेका केही प्रावधानप्रति आपत्ति जनाएका हुन् ।

२. कारागार सम्बन्धी विधेयक पारित; कैदीलाई अब यस्ता अधिकार
प्रतिनिधिसभाबाट कारागारसम्बन्धी विधेयक पारित भएको छ । विधेयकमा कैदीबन्दीका लागि प्रजनन अधिकार, बिरामी कैदीलाई पौष्टिक आहार, खुला कारागार लगायतका अधिकार सुनिश्चित गरिएको छ ।

३. जेलमा रहेका रेशम चौधरीले बर्दियाबाट उम्मेदवारी दिने
टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेका रेशम चौधरीले बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । २०७४ को निर्वाचनमा उनले जितेको कैलाली–१ बाट भने उनकै श्रीमती तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिने भएकी हुन् ।

४. मौद्रिक नीतिलगत्तै सेयर बजारमा उछाल
मौद्रिक नीतिपछिको पहिलो दिन नै सेयर बजारमा उत्साहजनक वृद्धि आएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको थियो । यसपछि आइतबार खुलेको बजारमा एकैदिन ६१ अंकको वृद्धि आएको हो ।

५. प्रहरीका लागि म्याट्रेस खरिदमा अनियमितता !
नेपाल प्रहरीले ब्यारेक सिस्टममा बस्ने प्रहरीका लागि खरिद गरेको म्याट्रेसमा ५ करोड रुपैयाँ भ्रष्टाचार भएको आरोप लागेको छ । प्रति थान करिब १० हजार रुपैयाँ मै पाइने म्याट्रेसका लागि प्रतिथान १५ हजार रुपैयाँमा खरिद गरेपछि म्याट्रेस खरिदमा कुल ५ करोड २२ लाख रुपैयाँ घोटाला भएको आरोप लागेको हो ।  

झापामा तीन किशोरीको शव एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा उनीहरुको शव फेला परेको हो ।

७. निर्वाचन आयोगले थाल्यो मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रुपबाट सम्पन्न गर्न आयोगले मतदानस्थल र मतदान केन्द्र पुनरावलोकनको कार्य कार्ययोजना बनाएको छ ।

पाल्पाको लघुवामा आइतबार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ३ पुरुष छन् । यसैबीच भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ ।

९. भ्रमण दशक मनाउने सरकारको घोषणा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गरेको छ । कार्ययोजनाले प्रमुख रुपमा सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने उद्घोष गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप