गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत
बुधबार, ११ साउन २०७९, १२ : ५८

गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति पक्राउ गरेको छ ।
अधिकारीले ती बालिकालाई ललाई फकाई सोही ठाउँ स्थित खरबारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका–२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने