ओपोद्धारा एफफाइभ सिक्स जीवी एडिसन सार्वजनिक
काठमाडौं– ओपोले एफफाइभ अन्तर्गत नयाँ मोडल ओपो एफफाइभ सिक्स जीबी पावरफूल रेड (रातो) रंगमा सार्वजनिक गरेको छ । ओपोले आफ्ना युवा पुस्ता उपभोक्तालाई छनोटको थप अवसर उपलब्ध गराउने सोचका साथ केही समय अगाडी मात्रै एफफाइभ सिक्स जीबीको ब्लयाक एडिशन र एफफाइभ यूथपनि सार्वजनिक गरिसकेको छ ।
नेपाली बजारमा ओपोले छोटो समयमा नै फेशनेवल, स्टाइलिश फोन निर्माताका रुपमा आफ्नो परिचत स्थापित गरी सकेको छ ।
ओपो एफफाइभ सिक्स जीबी रेड एडिशनका बारेमा बाल्दै ओपो नेपालका सीईओ बबी झाओले नयाँ फ्ल्यागशिप मोडल ओपो एफफाइभका लागि प्राप्त साथ, सहयोग र मायाकै कारण सिक्स उतकृष्ट उतपादनका रुपमा ल्याएको बताए ।
ओपो एफफाइभ सिक्स जीबी फेशनेवल रातो रंगमा उपलब्ध हुनुका साथै यसमा अझ बढी सञ्चय क्षमता, ६ जीबी ¥याम र ६४ जीबी रोम सहितको उत्कृष्ट प्रोशेसर जडान गरिएको छ । पर्याप्त सञ्चय क्षमता भएको ओपो एफफाइभ सिक्स जीबीले प्रयोगकर्तालाई सहज अनुभूती प्रदान गर्ने कम्पनीको दावी छ ।
जुन फोनमा ६ ईञ्चको पूर्ण एचडी फुल स्क्रिन डिस्प्ले जडान गरिएको छ । साथै यसमा रहेको १८ः९ डिस्प्लेले उपभोक्तालाई जीवन्त रंग सहितका दृष्यको मज्जा प्रदान गर्छ । मिड रेञ्ज्ड स्मार्टफोनमा कम्प्याक्ट बडी र अत्यन्त पातलो फ्रेम सहित स्पष्ट तथा जीवन्त दृष्य सम्प्रेषण उपलब्ध गराउने यो नै नेपालको पहिलो स्मार्टफोन भएको कम्पनीको दावी छ । एफफाइभ सिक्स जीबी रेड एडिशनको मूल्य रु. ४४ हजार ९ सय ९० निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण