जुम्लाका सामुदायिक विद्यालय : शिक्षक छन् विद्यार्थी छैनन्
सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्न सरकारले हरेक वर्ष वैशाख महिनाभर भर्ना अभियान सञ्चालन गर्छ । तर, औपचारिकतामा मात्रै सीमित यस्ता अभियानले कुनै सार्थकता नपाएको जुम्लाको पातारासीको एक विद्यालयमा देखिएको भर्ना अवस्थाले देखाएको छ ।
पातारासी गाउँपालिका वडा नम्बर ५ लासीमा रहेको ज्योति आधारभूत विद्यालयमा यस वर्ष कुनै पनि विद्यार्थीले भर्ना नगरेपछि ग्रामीण भेगका सामुदायिक विद्यालयप्रति विद्यार्थीको विकर्षण बढ्दै गएको प्रष्ट हुन्छ । विद्यालयको भवन छ । पढाउने एउटा स्थायी दरवन्दी छ, एउटा राहत शिक्षक, एउटा गाउँपालिका अन्तर्गतको अनुदान शिक्षक, एक निजी र एक सहयोगीसहित पाँच जना छन् । कक्षा चारसम्म पढाइ हुन्छ । अनुमति पाँच सम्मको छ। पातारासी गाउँपालिकाले तीन कोठे पक्की भवन बनाइ दियो, डेस्क बेन्च पनि सहयोग गरेको छ। ३२ जना विद्यार्थी रहेकोमा कहिलेकाही त एक जना विद्यार्थी पनि विद्यालयमा हुँदैनन् । सबै कक्षाका टेबुलहरू खाली हुन्छन् ।
शिक्षकहरु विद्यालय आउँछन्, हाजिर गर्छन् र चौरमा एकैछिन गफिएर आफ्नो घरमा फर्कन्छन् । विद्यालयकी प्रधानाध्यापक सरस्वती कुमारी ऐडीका अनुसार समुदायका विद्यार्थीहरु सबै बोर्डिङ जान थालेपछि सामुदायिक विद्यालय खाली भएका छन्। विद्यालय प्रति अभिभावकको चासो नभएको उनले गुनासो पोखिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण