आयोगद्वारा ३ सय ५१ उजुरीहरू फछ्र्योट
राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८/२०७९ मा ३ सय ५१ उजुरीहरू फछ्र्योट गरेको छ । फछ्र्योट भएकामध्ये नेपाल सरकारलाई नीतिगत ६ र उजुरीगत ८५ गरी कुल ९१ सिफारिस गरेको आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
फछ्र्योट गरिएका उजुरीहरूमा ९ वटा खारेजी गरिएको छ भने २ सय ५१ उजुरी तामेलीमा छन् । त्यस्तै गरी ६१ उजुरीहरूमा विभिन्न आदेश गरी पुनः पेश गर्ने निर्णय गरेको छ । पुनः पेश समेत गरी आर्थिक वर्ष २०७८/०७९ मा आयोगले कूल ४ सय १२ उजुरीहरू उपर निर्णय गरेको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए । सिफारिस गरिएका उजुरीहरू मध्ये सबैभन्दा धेरै ४२ सिफारिस आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसँग सम्बन्धित रहेका छन् ।
आयोगले स्थापनाकालदेखि नै मानव अधिकार उल्लङ्घनसम्बन्धी घटनाका उजुरीहरू दर्ता, अनुगमन, अनुसन्धान र निर्णय गरी नेपाल सरकारलाई सिफारिसहरू गर्दै आइरहेको छ । आयोगले केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूमा रहेका उजुरीहरू, उजुरी उपर भएका निर्णय तथा सिफारिसहरूको तथ्याङ्क प्रत्येक वर्ष अद्यावधिक गर्दै आइरहेको छ ।
आयोगमा आर्थिक २०७८/२०७९ बाट जिम्मेवारी सरेर आएका निर्णय हुन बाँकी कूल उजुरी सङ्ख्या ४ हजार २ सय १४ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण