बझाङको जयपृथ्वी नगरपालिकाले निःशुल्क एमबीबीएस पढाउने
बझाङको जयपृथ्वी नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई निःशुल्क एमबीबीएस पढाउने भएको छ । नगरपालिकाले एमबीबीएस पढ्न चाहनेहरुका लागि फारम भर्न आवेदन खुल्ला पनि गरेको छ ।
आवेदनमा जयपृथ्वी नगरपालिका भित्रका विज्ञान संकायबाट कक्षा १२ पास गरेको र नेपाल सरकारले लिने एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालेको हुनुपर्ने उल्लेख गरेको छ । नगरपालिकाले साउन १८ गतेभित्र फारम भरी सक्नु पर्ने अन्तिम मिति राखेको छ।
छात्रवृत्ति पाउनका लागि कक्षा ६ देखि कक्षा १० सम्म नगरपालिका भित्रका माध्यमिक विद्यालयमा पढेको हुनुपर्ने र १२ कक्षामा विज्ञान विषय लिई नेपालका जुनसुकै विद्यालयबाट भए पनि पास गरेको हुनुपर्ने मापदण्ड तोकिएको नगरपालिका मेयर चेतराज बजालले बताए । नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई छात्रवृत्ति स्वरुप गरिब, दिनदुःखी, पहुँच नभएका तथा आर्थिक समस्यामा परेको विद्यार्थीहरुलाई पढाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण