नाफा कमाउने दाउमा जुम्लाको काँचो स्याउ विक्री
जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको पाइएको छ । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमतोमा नपाक्दै जुम्लाको काँचो स्याउ नेपालका विभन्न बजारमा पुगेको हो ।
भदौ १५ गते भन्दा अघि स्याउ नटिप्न कृषि विज्ञ देखि यहाँका स्थानीय तहले समेत सूचित गराइसकेका छन् । तर पछि मुल्य नपाइने भन्दै जुम्ली किसान र व्यापारीले जुम्लाको काँचो स्याउ बेच्न थालेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली गल्ली र चोक चोक तथा फलफूल मण्डीहरुमा जुम्लाको काँचो स्याउ विक्रिका लागि राखिएको छन् । त्यस्तै काठमाडौं, नेपालगन्ज, धनगढी, विराटनगर लगायतका जिल्लामा समेत जुम्ली काँचो स्याउ पुगेको छ ।
यसले जुम्लाको पहिचानसँग जोडिएको जुम्ली अर्गानिक स्याउको पहिचान गुम्ने समेत खतरा बढेको कृषि विज्ञ बताउँछन् । जुम्लामा भदौ १५ गतेभन्दा अघि स्याउ टिप्न कसैलाई पनि छुट छैन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार साउन पहिलो साता जिल्लामा गोष्ठी गरेर काँचो स्याउ नटिप्न किसान व्यापारीलाई सूचित गराइएको छ। पछि उपयुक्त मुल्य र बजार नपाउने डरले किसानले काँचो स्याउ बजार पठाउन थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण