शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रेमगीत-३ को भारत प्रमोशन अभियान सुरु

शनिबार, १४ साउन २०७९, १२ : ४१
शनिबार, १४ साउन २०७९

आगामी असोज ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र प्रेमगीतले महाराष्ट्रबाट भारतमा पनि प्रमोशन सुरु गरेको छ ।  चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले आगामी केही दिन भारतमा चलचित्रको प्रमोशन गरिने जानकारी दिए । 

चलचित्र प्रम गीत ३ भारतमा  ‘विश्वजितम’ नामबाट प्रदर्शन हुनेछ । विश्वजितमको ट्रेलर प्रिमियर केही दिनमा नै सार्वजनिक गरिने निर्माता सेनले बताए । सेन र छेतन गुरुङको निर्देशन रहेको यो चलचित्र  ‘प्रेमगीत’कै निरन्तरता हो। 

प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई भारतमा अजय कपुर प्रोडक्सन र युएफओले वितरण गर्दैछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप