थप २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिँदै
मङ्गलबार, १७ साउन २०७९, ०९ : १२
आगामी आर्थिक वर्षमा थप २५ स्थानीय तहका २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार २५ स्थानिय तहमा सो संख्या बराबरको ‘स्कुल नर्स’ राखिन लागिएको हो ।
मन्त्रालयद्धारा जारी मार्ग निर्देशनअनुसार प्रदेशको १ को एक स्थानीय तहको १० वटा विद्यालयमा नर्स रहनेछन् भने प्रदेश २ का ४ स्थानीय तहका ३८ विद्यालयमा नयाँ ‘स्कुल नर्स’ रहनेछन् ।
यसैगरी, गण्डकी प्रदेशका ४ वटा स्थानीय तहका ३० विद्यालयमा, लुम्बिनी प्रदेशका ५ स्थानीय तहका ४६ विद्यालयमा, कर्णाली प्रदेशका ७ स्थानीय तहका ७० विद्यालयमा, सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहका ३८ विद्यालयमा यसै आर्थिक वर्षबाट ‘स्कुल नर्स’ रहने ब्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण