अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुला
बुधबार, १८ साउन २०७९, १२ : १८
पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड खुला भएको छ । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो खसेपछि अवरुद्ध भएको सडक बिहान ९ बजेदेखि खुला भएको हो ।
सोमबार राती ११ बजेदेखि अवरुद्ध भएको सडकमा फसेका यात्रुहरुलाई नेपाल प्रहरीको गाडि र प्राइभेट गाडीमार्फत उद्धार गरेर जुगेडीसम्म ल्याइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले रातोपाटीलाई जानकारी दिए ।
आवागमनका लागि राजमार्ग खुला भएपनि मालबाहक गाडि भने सडकमै रहेको उनले बताए । मौसमले साथ दिएमा दुईतर्फी बाटो खुला हुने तामाङले बताए ।
लेदोसहित खसेको पहिरोमा एउटा भारतीय ट्रक फसेको थियो । सडकमा रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ जाने क्रम सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण