अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुला
बुधबार, १८ साउन २०७९, १२ : १८

पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड खुला भएको छ । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो खसेपछि अवरुद्ध भएको सडक बिहान ९ बजेदेखि खुला भएको हो ।
सोमबार राती ११ बजेदेखि अवरुद्ध भएको सडकमा फसेका यात्रुहरुलाई नेपाल प्रहरीको गाडि र प्राइभेट गाडीमार्फत उद्धार गरेर जुगेडीसम्म ल्याइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले रातोपाटीलाई जानकारी दिए ।
आवागमनका लागि राजमार्ग खुला भएपनि मालबाहक गाडि भने सडकमै रहेको उनले बताए । मौसमले साथ दिएमा दुईतर्फी बाटो खुला हुने तामाङले बताए ।
लेदोसहित खसेको पहिरोमा एउटा भारतीय ट्रक फसेको थियो । सडकमा रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ जाने क्रम सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले–कांग्रेसको सत्ता सहकार्यबाट चीन खुसी छ : मन्त्री भण्डारी
-
कर्णाली राजमार्ग कहिलेसम्म ‘मृत्यु मार्ग’ बनिरहने ?
-
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबिच शिष्टाचार भेटवार्ता
-
सुन र चाँदीको मूल्य वृद्धि
-
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण : नेपाल-चीन सम्बन्धमा पुनर्ताजगी
-
अमेरिकाको न्यूजर्सीका नेपालीले मनाए नेपाल डे