सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशले दियो ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाइकल

बिहीबार, १९ साउन २०७९, १२ : २४
बिहीबार, १९ साउन २०७९

लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाईकल प्रदान गरेको छ । 

विहीबार बुटवलस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश सरकारका आन्तिरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायलाई हस्तान्तरण गरे ।  मोटरसाइकलहरु आवश्यकता अनुसार प्रदेशका जिल्लाहरुमा वितरण गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

मन्त्रालयले ४४ लाख ९४ हजार ४ सय मूल्यका ती मोटरसाईकल प्रहरीलाई प्रदान गरेको मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए । मोटरसाईकल हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले प्रहरी जनताको साथी भएकाले जनताकै रेखदेखमा सहयोग पुग्ने आशासहित मोटरसाईकल उपलब्ध गराएको बताए । प्रहरी प्रमुख उपाध्यायले प्रदेश सरकारप्रति आभार ब्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप