गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकन : गुल्मी देशकै सर्वोत्कृष्ट, दोस्रोमा अर्घाखाँची
गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट भएको छ। गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरूमा सर्वोत्कृष्ट भएको हो ।
बिहीबार मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनमा मूल्याङ्कनमा गुल्मीलाई देशैभरिका जिल्ला प्रशासन कार्यालयहरु मध्ये सर्वोत्कृष्ट ठहराएको हो ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुसँग गरेको कार्यसम्पादन सम्झौताको आधारमा कार्यान्वयनको अवस्थाको मूल्यांकन गरेर वर्षै पिच्छे गृह मन्त्रालयले नतिजा सार्वजनिक गर्दै आएको छ ।
सो समितिले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचकहरूलाई मुल्यांकनलाई आधार मानी प्रत्येक वर्ष प्रतिवेदन तयार गर्दै आएको छ ।
जसअनुसार ९७ प्रतिशत अंकसहित अर्घाखाँची प्रशासन दोस्रो, नवलपरासीपूर्व प्रशासन ९६.७५ प्रतिशतसहित तेस्रो स्थानमा रहन सफल भएका छन भने रूकुम पश्चिम प्रशासन ९६.५ सहित चौंथो नम्बरमा परेको छ ।
यसैगरी, हुम्ला जिल्ला प्रशासन पाँचौं नम्बरमा पर्न सफल भएको छ भने हुम्लासँगै समान ९५ प्रतिशत अंक नै पाएको डडेलधुरा पनि पाचौं स्थानमा रहन सफल भएको गृह मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण