उकालो लाग्दै सुनको मूल्य, दुई दिनमा १५ सय रुपैयाँले बढ्यो
शुक्रबार, २० साउन २०७९, ११ : ०१
केहीदिन यता नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । बुधबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य दुई दिनमा नै १५०० रुपैयाँले बढ्दै ९६ हजार ८०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा ८०० रुपैयाँले बढेको थियो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ७०० रुपैयाँले नै बढ्दै ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिन स्थिर रहेकोमा आज तोलामा १० रुपैयाँले बढ्दै एक हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण