काँकडभिट्टा–लौकही सडक : आकाशे पुल र अन्डर पास

काँकरभिट्टा–लौकही एक सय १२० किलोमिटर सडकअन्तर्गत तीन सय ७७ संरचना हटाइने भएको छ । दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको यो सडकखण्डअन्तर्गत साना ठूला गरी ती संरचना हटाइने झापाको बिर्तामोडमा आइतबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सामाजिक तथा पुर्नवास विशेषज्ञ रविन ढकालले जानकारी दिए ।
उनले सो सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे सङ्क्षिप्त जानकारी पनि दिएका थिए । बिर्तामोड नगरपालिकासँग जोडिएको सडकअन्तर्गत दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनलगायत सात संरचना छन् ।
एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब रु २८ अर्ब १७ करोड रहेको छ भने निर्माण कार्य तीन वर्षभित्रमा सम्पन्न हुनेछ । ‘एसियन हाइवे स्ट्याण्र्डड’को बन्ने यो सडकको कूल एक सय २० किलोमिटरमध्ये झापामा ५४ दशमलव नौ किलोमिटर पर्छ ।
झापा, मोरङ र सुनसरी जिल्लालाई छुने यस सडकको आगामी पुससम्ममा ठेक्का खुल्ने र आगामी वर्षको सुरुआतदेखि नै निर्माणको काम सुरु हुने आयोजनाका वातावरणविज्ञ राजेन श्रेष्ठले जानकारी दिए ।
सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकडभिट्टादेखि इटहरीसम्म सुरु हुनेछ । तीन सय मिटरभन्दा लामो पुल रहेको छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् ।
तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जङ्गल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ । आयोजनाले काँकडभिट्टा, इट्टभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायतका नौ वटा घनाबस्ती भएको स्थानमा आकाशे पुल र अन्डर पास निर्माण गरिने जनाइएको छ ।
यस आयोजनाबाट १२ वटा नगरपालिका, चारवटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वडा प्रभावित हुने जनाइएको छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंका अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमा सहभागीले खानेपानी, विद्युत्, टेलिफोन, ढल निकासलगायतका बारेमा जिज्ञासा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ गभर्नर आएसँगै सेयर बजारमा उत्साह, प्रि-ओपन सेसनमा नेप्से ३४.७९ अंकले बढ्यो
-
विकास–निर्माणका काम कांग्रेसको उच्च प्राथमिकतामा : महत
-
नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीशबाट लिए शपथ
-
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख भट्टराईलाई मन्त्रालय तानियो
-
प्ले–अफ चरणमा पुग्न आतुर मुम्बई र जित्नै पर्ने दबाबमा रहेको दिल्ली आपसमा भिड्दै
-
बडागाउँ र वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न