विकास–निर्माणका काम कांग्रेसको उच्च प्राथमिकतामा : प्रवक्ता महत
सारांश
- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले विकास निर्माणलाई महत्व दिएको बताएका छन् ।
- महतले लोकप्रिय हुन हचुवाका भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्तिको आलोचना गरे र यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
दमौली । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विकास– निर्माणका कामलाई आफ्नो पार्टीले उच्च महत्व दिएको बताएका छन् । नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा उनले कांग्रेसको नेतृत्वमा नै देश विकासको पथमा सशक्त ढङ्गले अघि बढ्ने बताए ।
पूर्वअर्थमन्त्री महतले लोकप्रिय हुन हचुवाका भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । बजेट छर्ने प्रवृत्तप्रति लक्ष्य गर्दै उनले त्यसो भनेका हुन् । प्रवक्ता महतले नेपाली कांग्रेसमा एकता आवश्यक रहेको औँल्याए । कांग्रेस एकताबद्ध भएमा आगामी निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बन्नबाट उसलाई कसैले रोक्न नसक्ने उनले बताए ।
एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने कांग्रेसको नीति भए पनि चुनावमा गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा त्यसो गर्नुपरेको स्पष्ट पारे । निर्वाचन प्रणालीका कारण कुनै एक पार्टीको बहुमत नआउने भएकाले सरकार गठनमा पनि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण