राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन
राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर गएर दर्शन गरी बेलुकीको आरतीमा सहभागी भएकी छन् । मूल मन्दिरभित्र प्रवेश गरी राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ, नवग्रहलगायत देवीदेवताको दर्शनसहित पशुपतिनाथ दर्शन विधिअनुसार दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
पशुपतिनाथ मूल मन्दिरमा बेलुकी नियमित हुने आरतीमा पनि उनी सहभागी भएकी थिइन् । राष्ट्रपति भण्डारीले साउन महिनाको एउटा सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै आएकी छन् । साउनको चौथो सोमबार आज विगतका सोमबारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् । आज बेलुकीसम्म पनि भक्तजनको भीड रहेको छ । बेलुकी पानी परेकाले भक्तजनलाई केही बाधा पुगेको थियो । पशुपतिनाथमा आज १६० जनाले विशेष पूजा गरेका छन् । साउनको सोमबार रु सात हजार ५०० को विशेष पूजाको रसिद काट्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक छ : प्रदेश प्रहरी प्रमुख खापुङ
-
दाङमा दुई महिलाको हत्या
-
एकोहोरो मिडिया ट्रायल गरेर रवि दोषी ठहर हुन्छन् ? : सूर्य थापा
-
गिरिबन्धु टी स्टेटको पूर्णपाठ सार्वजनिक : तीन बुँदे परमादेश र निर्देशन जारी
-
पनौतीको कला–सम्पदामाथि जोडिन पुगेको आधुनिक कलादीर्घा
-
‘अनिद्रामाथि सहज विजय’ कृति लोकार्पण