गायिका तथा अभिनेत्री ओलिभिया न्यूटन जोनको निधन
मङ्गलबार, २४ साउन २०७९, १२ : २३
७० काे दशककी पप स्टार मध्येकी एक गायिका तथा अभिनेत्री ओलिभिया न्यूटन जोनको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी जोनको निधन भएको उनका ७३ वर्षीय श्रीमान् जोन इस्टरलिङले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
३ पटक ग्रामी अवार्ड विजेता जोनको सोमबार दक्षिणी क्यालिफोर्नियाको स्थित आफ्नै घरमा निधन भएको हो । जोन इस्टरलिङले ओलिभियाको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेर आफ्नी श्रीमतीको मृत्युको जानकारी दिएका हुन् ।
जोनले लेखेका छन् ‘ओलिभिया न्यूटन–जोनको आज बिहान दक्षिणी क्यालिफोर्नियामा निधन भयो । यस समयमा उनी आफ्नो परिवार र साथीहरूसँग थिइन् । यस कठिन समयमा परिवारको गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोध गर्दछौ ।’ ओलिभिया विगत ३० वर्षदेखि स्तन क्यान्सरबाट पीडित रहेको समेत उनले खुलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम
-
जर्जियामा ‘फरेन एजेन्ट’ विधेयकमा राष्ट्रपतिले लगाइन् भिटो
-
शीर्ष दुई टोलीको भिडन्त : राजस्थानलाई दोस्रो स्थान सुरक्षित गर्ने अवसर
-
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए
-
महानगर प्रहरीले चाबहिल चोकका घरहरूमा चलायो डोजर