गायिका तथा अभिनेत्री ओलिभिया न्यूटन जोनको निधन
मङ्गलबार, २४ साउन २०७९, १२ : २३
७० काे दशककी पप स्टार मध्येकी एक गायिका तथा अभिनेत्री ओलिभिया न्यूटन जोनको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी जोनको निधन भएको उनका ७३ वर्षीय श्रीमान् जोन इस्टरलिङले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
३ पटक ग्रामी अवार्ड विजेता जोनको सोमबार दक्षिणी क्यालिफोर्नियाको स्थित आफ्नै घरमा निधन भएको हो । जोन इस्टरलिङले ओलिभियाको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेर आफ्नी श्रीमतीको मृत्युको जानकारी दिएका हुन् ।
जोनले लेखेका छन् ‘ओलिभिया न्यूटन–जोनको आज बिहान दक्षिणी क्यालिफोर्नियामा निधन भयो । यस समयमा उनी आफ्नो परिवार र साथीहरूसँग थिइन् । यस कठिन समयमा परिवारको गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोध गर्दछौ ।’ ओलिभिया विगत ३० वर्षदेखि स्तन क्यान्सरबाट पीडित रहेको समेत उनले खुलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण