इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनी मारिए
इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेष्ट बैंक सो भिडन्त भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसरी मारिएकामा तीन जना उत्तरी वेष्ट बैंक शहर नाब्लुस र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रुनका रहेका थिए । नाब्लुसमा इजरायली सेनाले आक्रमण गरेको थियो । सो शहरबाट इजरायली भूमितर्फ आक्रमण भएको पाइएको भन्दै सो शहरका शंकास्पाद स्थानहरुमा इजरायली सेनाले हमला गरेको जनाएको छ ।
इजरायलको सेनाले वेष्ट बैंकमा इब्राहिम अल नाबुल्सीले यो वर्ष धेरै पटक सम्म हिंसात्मक हमला गरेकाले उनको खोजीका लागि आक्रमण गरेको जनाएको छ ।
उनको खोजीको लागि इजरायली सेनाले आक्रमण गरेको इजरायली सेनाको विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी इजरायली प्रहरीले पनि एक विज्ञप्तिमा सो शहरमा अतिवादीहरु रहेको भन्ने सूचनाका आधारमा खोजी अभियान नै सञ्चालन गरेको जनाएको छ ।
पछिल्ला केही दिनमा इजरायल र प्यालेस्टिनी सेनाले दोहोरो आक्रमण जारी राखेका छन् । यस क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ । यी दुई पक्षबीच केही समयअघि युद्धविराम भएको भनिए पनि आपसमा आक्रमण भने रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण