‘रामरोशन दास वैष्णव नै जानकी मन्दिरको उत्तराधिकारी महन्त’
गुठी संस्थान जनकपुरधामले रामरोशन दास वैष्णव नै जानकी मन्दिरको उत्तराधिकारी महन्त रहेको प्रस्ट पारेको छ । सो मन्दिरको महन्तका उत्तराधिकारी सम्बन्धमा देखिएको विवादका बीच गुठी संस्थानले यस्तो प्रष्टीकरण दिएको हो ।
गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीले गुठी संस्थानले नै रामरोशन दास वैष्णवलाई जानकी मन्दिरको उत्तराधिकारी महन्तमा नियुक्त गरेको प्रस्ट पारे । रामरोशन दास वैष्णवले उत्तराधिकारी महन्तको फर्जी परिचय पत्र बनाएको आरोप लागेको थियो । गुठी संस्थानका प्रमुख रेग्मीले भने, ‘रामरोशनजीले उत्तराधिकारी महन्तको फर्जी परिचय पत्र बनाएको आरोप निराधार हो, २०७८ सालमै गुठी संस्थानको सञ्चालक समितिको बैठकबाट निर्णय गरेर उत्तराधिकारी महन्तमा रामरोशन दास वैष्णवलाई नियुक्त गरिएको थियो ।’
पूजारी लगायत जनशक्ति व्यवस्थापन निर्देशिका २०७७ को दफा १० को उपदफा २ मा उत्तराधिकारी महन्त हुन तोकिएकाले सोही निर्देशिकाको दफा ८ बमोजिम योग्य भएको देखिएकाले उक्त निर्देशिकाको दफा १० को उपदफा १ र २ अनुसार रामरोशन दास वैष्णवलाई उत्तराधिकारी महन्तमा नियुक्त गरिएको उनको भनाइ छ । ‘मन्दिरको आर्थिक कारोबार गर्ने अधिकार महन्तलाई मात्रै हुन्छ,’ प्रमुख रेग्मीले भने, ‘त्यसैले उत्तराधिकारी महन्तले आर्थिक हिनामिना गर्न सक्ने कुनै सम्भावना नै बन्दैन ।’
केही दिन अघि जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी समेत परेको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सो उजुरीको विषयमा अनुसन्धान भइरहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
-
योगाभ्याससहित मनाइयो अन्तर्राष्ट्रिय योग दिवस
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण