लुम्बिनीमा गठबन्धन दलको बैठक : आ-आफ्नो पार्टीको रिपोर्ट पेस गर्ने निर्णय
सत्तारुढ गठबन्धन लुम्बिनीले प्रदेशमा मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मजबुत ढंगले लैजाने निर्णय गरेको छ । शुक्रबार बुटवलमा बसेको संयुक्त गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि तथा प्रदेशसभा बैठकलाई अझै प्रभावकारी बनाएर लैजाने निर्णय गरेको हो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश पार्टी कार्यालयमा बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार तयार गर्न आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय भएको छ । लुम्बिनी मुख्यमन्त्री कुलबहादुर केसीको उपस्थितिमा बसेको बैठकले गठबन्धनको तर्फबाट केन्द्रको निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने छ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सचिव राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बद्रे आलमद्वारा जारी हस्ताक्षरित प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः सक्रिय बनाउने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण