पाल्पामा एक पुरुष मृत भेटिए
शुक्रबार, २७ साउन २०७९, १७ : ४८
पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीकाअनुसार मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् । घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् ।
बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मिर्गौलाको समस्याबाट गुज्रिँदै आएका उनको तीनपटक शल्यक्रिया गरेको परिवारले जनाएको छ । उनको मृत्युबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण